समाज


रामेछापका एक युवाले कोरियाको सडकमा भेटेको १३ लाख कोरियन वन प्रहरीलाई बुझाए

रामेछापका एक युवाले कोरियाको सडकमा भेटेको १३ लाख कोरियन वन प्रहरीलाई बुझाए

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ४:११,

दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको झण्डै १३ लाख कोरियाली रकम स्थानीय प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन्।

हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछापको लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले सडकमा भेटेको रकम सम्बन्धित व्यक्तिले प्राप्त गरुन् भनेर प्रहरीसमक्ष बुझाएका हुन्।

इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको हो। रकममध्ये १० लाख एक हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए। उनले इन्छन्स्थित एक प्रहरी कार्यालयमा उक्त रकम बुझाएर आफ्नो इमान्दारी देखाएका हुन्।

सन् २००९ मा पहिलोपटक दक्षिण कोरियामा इ–९ भिसा लिई कामदारका रूपमा प्रवेश गरेका श्रेष्ठ हाल भिसा परिवर्तन गरी एफ–२ रेसिडेन्सी भिसाअन्तर्गत कोरियामा बसोबास गरिरहेका छन्।

उनी इन्छन् होगुफोस्थित विदेशी सहायता तथा परामर्श केन्द्रमा लामो समयदेखि स्वयंसेवक भई दोभाषेका रूपमा काम गर्छन् । रकम भेट्टाएर प्रहरीलाई बुझाउन पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया उनले दिए। ‘अझ जसको पैसा हो, उसैले पाइदिए झन् खुशी लाग्ने थियो,’ उनले भने।

कोरियामा बाटोमा पैसालगायत अन्य बहुमूल्य सामान भेटेमा त्यत्तिकै छाड्ने वा प्रहरीलाई बुझाउने गर्नुपर्छ । यदि प्रहरीलाई नुबुझाई आफैँले लगेमा चोरी गरेबराबर सजाय हुनसक्ने व्यवस्था छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad