धनुषामा मालपोत र नापी कार्यालयको सेवा आजबाट स्थगित भएको छ।
कोरोना संक्रमणको जोखिम बढेपछि सेवा स्थगित गरिएको मालपोत कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
‘धनुषामा पनि कोरोना प्रभावितको सङ्ख्या बढ़दै गएकाले महामारीको प्रकोपबाट बच्न मुद्दाबाहेकका सेवा अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको छ,’ मालपोत कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।
कार्यालय प्रमुख वासुप्रसाद कोइरालाले भीडभाड कम गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउँदा पनि भीड बढ्ने क्रम नरोकिएकाले कार्यालयबाट प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको जानकारी दिए। त्यस्तै आजदेखि नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा पनि स्थगन गर्ने निर्णय गरिएको छ। रासस

प्रतिक्रिया