समाज


मापदण्ड उल्लंघन गर्ने एक हजार ९१ जनालाई कारवाही

मापदण्ड उल्लंघन गर्ने एक हजार ९१ जनालाई कारवाही

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार १३:४४,

प्रहरीले कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन गरेको अभियान अन्तर्गत आज मापदण्ड उल्लंघन गर्ने १ हजार ९१ जनालाई कारवाही गरेको छ।

उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ५ सय ८४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा देशभर गरी जम्मा १ लाख ३२ हजार ९ सय ४६ जना सहभागी भएका छन्।

नयाँ भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो।

अभियानको क्रममा पछिल्लो २४ घण्टामा २५ हजार ८ सय ८४ जनालाई निः शुल्क मास्क वितरण गरिएको छ।

मास्क नलगाई हिँडडुल गर्ने ५८ हजार १ सय ५२ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .