समाज


स्वास्थ्य मन्त्रालयको अनुरोध : समाचार पढ्दा, अन्तर्वार्ता लिँदा मास्क नखोल्नु

स्वास्थ्य मन्त्रालयको अनुरोध : समाचार पढ्दा, अन्तर्वार्ता लिँदा मास्क नखोल्नु

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ८:३५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समाचार पढ्दा, अन्तर्वार्ता लिँदा अनिवार्य मास्क लगाउन संचारकर्मीहरुलाई अनुरोध गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशन गर्दै कार्यक्रमहरुको समाचार बनाउँदा अनिवार्य मास्क प्रयोग गर्न भनेको छ।

'आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्को प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौं' मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउन र भौतिक दूरी काम गर्न भनेको छ।

संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमा अस्पतालमा विरामी राख्ने ठाउँसम्म नहुने चेतावनी मन्त्रालयले दिएको छ।

health ministry press12

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad