ad ad

समाज


सैनिक अधिकारीद्वारा पत्रकारमाथि दुर्व्यवहार

सैनिक अधिकारीद्वारा पत्रकारमाथि दुर्व्यवहार

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ९:१९,

नेपाली सेनाका कमाण्डरले पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ।

नेपाल पत्रकार महसंघ तनहुँ शाखाका सदस्य तथा अन्नपूर्ण पोष्ट सम्वाददाता एवं दमौली न्यूज डटकमका सम्पादक पवन पौडेललाई नेपाली सेनाका सैनिक कमाण्डरले दुर्व्यवहार गरेको महासंघले जनाएको छ।

महासंघ तनुहँ शाखाका अनुसार वैशाख १ गते बुधबार नेपाली सेनाको टोली दमौली बजारको सडकमा दौडिरहेको दृश्य खिँचेको निहुँमा व्यास–५ चापाघाटस्थित कालिभञ्जन गणका कमाण्डरले पत्रकार पौडेललाई दुर्व्यवहार गर्दै क्यामेरा खोसेर दृश्य हटाएका थिए।

‘नेपाली सेनाजस्तो जिम्मेवार निकायको जिम्मेवार सैनिक अधिकारीबाट पत्रकारमाथि गरिएको यो हर्कत आफैंमा निन्दनीय र दुःखद् छ’ महासंघले बिहीबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारमा आघत पुग्ने यस्ता कार्य नदोहोर्याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .