सिरहाको लहानमा गएराति एक व्यवसायीको हत्या भएको छ। लहान नगरपालिका–१९ मा सुनचाँदी पसल गर्ने ४० वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको हो।
घरमै सुतिरहेको बेला मध्यराति हतियारधारी समूहले गोली हानेर विश्वकर्माको हत्या गरेका इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालले जानकारी दिए।
डकैती गर्न आएका आएको हतियारधारी समूहले गोली प्रहार गर्दा विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुले विश्वकर्माकी श्रीमती अमिता विश्वकर्मालाई पनि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन्। विश्वकर्माले वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चाल गर्दै आएका थिए।
अमिताको लहान अस्पतालमा उपचार भैरहेको छ। शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डिएसपी दाहालले जानकारी दिए।
घटनालगत्तै पुगेको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया