समाज


‘आज यी नदीमा बाढी आउँछ, सतर्क रहनुस्’

‘आज यी नदीमा बाढी आउँछ, सतर्क रहनुस्’

नेपालखबर
साउन २९, २०७६ बुधबार ५:११,

आज (बुधबार) देशका विभिन्न ठूला तथा साना नदीहरूमा बहाव बढ्ने सम्भावना रहेको उल्लेख गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाका अनुसार आज कन्काई, वाग्मती, बबई र महाकाली नदीमा बहाव बढ्नेछ भने कोसी, कमला, नारायणी, पश्चिम राप्ती, कर्णालीलगायत नदीमा बहाव घटबढ हुने सम्भावना छ।

यस्तै आज इलाम, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, स्याङ्जा, सल्यान, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, दार्चुलालगायत जिल्ला भई बग्ने खोलानालामा पनि तुलनात्मक रूपमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बाढी आउने सम्भावना छ।

यसैगरी प्रदेश १, ३, गण्डकी र ५ का पहाडी जिल्ला भई बहने नदीमा बहाव सामान्य बढ्नेछ। 

उल्लिखित जिल्लाहरू भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सामान्य सतर्कता अपनाउन महाशाखाले सल्लाह दिएको छ।

महाशाखाले भनेको छ– ‘आगामी तीन दिन देशका प्रमुख तथा सहायक नदीमा बहाव बढ्ने, तर सतर्कता तह तलै हुने, बाढीको ठूलो जोखिम नभए तापनि बहाव बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा गर्नुपर्ने कार्यहरू सामान्य सतर्कताका साथ गर्न अनुरोध छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .