गत सोमबार स्पिरिट एयरलाइन्सका स्टाफले ७ वर्षकी गर्भवती महिला उनकी दुई वर्षकी छोरी, अपांगता भएका छोरा र उनको श्रीमानलाई विमानमा सवार हुन दिएका थिएनन्।
सानी बालिकाले दही खानको लागि मास्क खोलेकी थिइन्। न्युजर्सीबाट फ्लोरिडाको ओर्लान्डोको लागि उड्न लागेको विमानबाट उनीहरुलाई झारिएको थियो।
यो घटनाको भिडिओ पनि सार्वजनिक भएको छ। ७ वर्षकी गर्भवती अभितालले आफूहरुले मास्क लगाएको बताउँदा फ्लाइट एटेन्डेन्टले २ वर्षकी बालिकाले मास्क नलगाएकाले सबैले विमानबाट झर्नुपर्ने बताएकी थिइन्।
यद्यपी त्यहाँ सवार यात्रुहरुले विमानका कर्मचारीको विरोध जनाए। दुई वर्षकी बालिकाले मास्क खोलेर दही खानु कुनै अपराध नभएको भन्दै आवाज उठेको थियो।
उनीहरुलाई विमानमा सवार हुन नदिए आफूहरु सबै विमानबाट बाहिरिने बताएपछि भने अभितालको परिवार सोही विमानमा चढेर फ्लोरिडा पुगेका थिए।
(भिडिओ)
Shares

प्रतिक्रिया