समाज


पानी तान्ने मोटर चोरेको भन्दै कुटपिट गरी युवकको हत्या

पानी तान्ने मोटर चोरेको भन्दै कुटपिट गरी युवकको हत्या

नेपालखबर
चैत २२, २०७७ आइतबार १५:५४,

भक्तपुरमा पानी तान्ने मोटर चोरेको भन्दै कुटपिट गरिएका व्यक्तिको ज्यान गएको छ। शनिबार राति साढे ११ बजे चाँगुनारायण नगरपालिका २ बर्खेपाटीमा पानी तान्ने मेसिन चोरेको भन्दै स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका व्यक्तिले काभ्रेपलाञ्चोकको कुसादेवी घर भएको र आफ्नो नाम कृष्ण गुरुङ बताएका थिए। उनको आइतबार दिउँसो ज्यान गएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताए। उनका आफन्त भने अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

उनको दिमागमा रक्तश्राव भई मृत्यु भएको भक्तपुर अस्पतालले जनाएको छ। स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए। प्रहरीको जिम्मा लगाउने बेलामा गुरुङको नाकबाट रगत बगिरहेको थियो।

kutpit-mrityu_1.jpg

स्थानीय विनोद लाखाको नजिकै रहेको च्याउ खेतीमा लगाउन बनाएको पोखरीमा पानी तान्ने मोटर निकाल्दै गरेको अवस्थामा विनोद लाखा समेतका व्यक्तिहरुले गुरुङलाई नियन्त्रणमा लिई कुटपिट गरेका थिए। प्रहरीले गुरुङलाई राति नै उपचारका लागि भक्तपुर अस्पताल पठाएको थियो।

कुटपिटमा संलग्न ५ जनालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा चाँगुनारायण २ का ५० वर्षीय टेकबहादुर केसी, ३२ वर्षीय नविन कोजु, भक्तपुर नगरपालिका ७ का ३७ वर्षीय बिनोद लाखा, दोलखाको भिमेश्वरका ३८ वर्षीय कमल खत्री (फुँयाल) र सुनसरी बर्जु गाउँपालिका घर भई हाल भक्तपुर चाँगुनारायण ३ बस्ने ३४ वर्षीय सनिस कुमार राय रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad