समाज


काठमाडौंका १४ चोकमा प्रहरीले एकसाथ थाल्नेछ कोरोनाविरुद्धको अभियान

काठमाडौंका १४ चोकमा प्रहरीले एकसाथ थाल्नेछ कोरोनाविरुद्धको अभियान

नेपालखबर
चैत २२, २०७७ आइतबार १४:४६,

नेपाल प्रहरीले सोमबार राजधानीमा कोरोना संक्रमणबाट बच्न सचेतनामुलक कार्यक्रम गर्ने भएको छ।

काठमाडौं प्रहरी परिसरका डीएसपी प्रमेश बिष्टका अनुसार प्रह रीले काठमाडौंमा १४ स्थानमा बिहान ९ बजेदेखि ११ बजेसम्म सचेतनामुलक कार्यक्रम गर्ने भएको हो।

कार्यक्रममा कोरोना संक्रमणको जोखिमबाट बच्ने उपायबारे जानकारी दिइने डीएसपी बिष्टले बताए। काठमाडौंका सबै बृत्तले एक एक वटा चोकमा यस्तो कार्यक्रम गर्ने भएका हुन्।

महाराजगञ्ज, जोरपाटी, गौशाला, बानेश्वर, कलंकी, पाँगादोबाटो, नागढुंगा, भगवानपाउ, बालाजु, सोह्रखुट्टे, रत्नपार्क, काठमाडौं मल, पुतलीसडक र मालिगाउँको भाटभटेनी चोकमा एक साथ कार्यक्रम गर्न लागेको हो।

पछिल्लो समय नेपालमा फेरि कोरोना संक्रमणको जोखिम बढेको भन्दै थप सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad