समाज


वैज्ञानिक भन्छन् : कोरोना भाइरसको अन्त्य कहिले हुँदैन !

वैज्ञानिक भन्छन् : कोरोना भाइरसको अन्त्य कहिले हुँदैन !

नेपालखबर
चैत १७, २०७७ मंगलबार १५:४९,

विश्व नै आतंकित बनाइरहेको कोरोना भाइरसबारे एउटा ठूलो तथ्य सार्वजनिक भएको छ। कोरोना भाइरसलाई नजिकबाट अध्ययन गरिरहेका वैज्ञानिकले यो भाइरस संसारबाट कहिले नहराउने बताएका हुन्।

कोरोना भाइरस जीवित प्राणीको सम्पर्कमा सधैं रहने उनीहरूको भनाइ छ। वैज्ञानिक भन्छन् : यसबाट बच्ने एउटै उपाय हो– मानिसले आफ्नो शरीरको प्रतिरक्षा प्रणाली जति बलियो बनायो उति यो भाइरस कमजोर हुन्छ। तर यसलाई पूरै अन्त्य गर्न सम्भव छैन। अर्थात् विश्वका अन्य भाइरसजस्तै यसको अस्तित्व पनि संसारमा सधैं रहने देखिन्छ।

जीवित प्राणीको कोशिका भाइरसका लागि महत्त्वपूर्ण
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वरिष्ठ वैज्ञानिक एवं कोरोनाबारे सुरुवाती बेला अध्ययन गर्नै डाक्टर समिरन पान्डाका अनुसार यो भाइरसको अस्तित्व कोभिड–१९ रोग देखिनुभन्दा पहिलेदेखि संसारमा थियो। डाक्टर पान्डाले चीनको उहानमा पहिलो संक्रमण देखापरेदेखि नै यस भाइरसका हरेक गतिविधि अध्ययन गरिरहेका छन्।

उनी भन्छन्, ‘कुनै पनि भाइरस जबसम्म जीवित प्राणीको सम्पर्कमा रहन्छन् तबसम्म तिनले आफ्नो अस्तित्व कायम राख्छन्। किनकि भाइरस वृद्धिमा जीवित प्राणीको कोशिकाले महत्त्वपूणै भूमिका निर्वाह गर्छन्। यसैकारण कोरोना भाइरस समाप्त हुने कुनै सम्भावना छैन।’ उनी अगाडि भन्छन्, ‘यो भाइरस सधैं तपाईं हाम्रा वरिपरि हुनेछ।’

झन्डै ९० वर्षअघि देखिएको इन्फ्लुएन्ज अहिलेसम्म छ
डाक्टर पान्डाका अनुसार इन्फ्लुएन्जा भाइरस झन्डै ९० वर्षअघि पहिचान गरिएको थियो। त्यस बेलादेखि अहिलेसम्म योे भाइरस बारम्बार स्वरूप बदल्दै देखापरिरहेको छ। मानिसदेखि जनावरसम्मको कोशिकाको माध्यमबाट यसले आफ्नो अस्तित्व बचाइराखेको छ र मानिसलाई क्षति पुर्याइरहेको छ। तर जब यसबाट हुने रोगबाट बच्ने उपाय खोजियो तब यसको असर कम भयो, तर भाइरसको अस्तित्व अहिलेसम्म छ।

यसैगरी एक दसकअघि देखापरेको स्वाइनफ्लुविरुद्ध जति–जति उपचार बढ्दै गयो यसले पनि उति उति आफ्नो स्वरूप बदल्दै गयो। स्वाइनफ्लुले सन् २००८ देखि ९ सम्म जति आतंक मच्चाएको थियो, अहिले त्यस्तो त छैन तर यसको अर्थयो मानिसमा छँदै छैन भन्ने होइन। यसले आफ्ना रूप बदल्दै जानु फरक कुरा हो। ठीक यसैगरी आगामी दिनमा कोरोना भाइरसले पनि आफ्ना स्वरूप फेरीफेरी रहने देखिन्छ। स्रोत : अमर उजाला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad