४० वर्ष भारतीय जेलमा बिताएर स्वदेश फर्किएका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता प्राप्त गरेका छन्।
बिहीबार ६१ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालय इलामले तिम्सिनालाई नागरिकता प्रदान गरेको हो।
भतिजा गोपाल तिम्सिनाले सनाखत गरेपछि उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरेका हुन्। गोपाल दुर्गाप्रसादका भाइका छोरा हुन्। बृद्धा आमा सदरमुकामसम्म आउन नसकेका कारण उनको सनाखत भतिजाले गरेका हुन्।
उनलाई निवेदन दिएको २० मिनटभित्रै नागरिकता प्रदान गरिएको हो।
यनको नागरिकतामा जन्मस्थान साबिकको एकतप्पा र हालको ठेगना माई नगरपालिका–१० लुम्बाक राखिएको छ।
४० वर्षअघि विनाकारण कोलकाताको जेलमा परेका तिम्सिना गत शनिबार छुटेका थिए भने उनी आइतबार घर आइपुगेका हुन्।
प्रतिक्रिया