ad ad

समाज


अनुयायी बलात्कारको मुद्दामा सिद्धबाबालाई सफाइ दिने न्यायाधीश उच्च अदालतमा सिफारिस

अनुयायी बलात्कारको मुद्दामा सिद्धबाबालाई सफाइ दिने न्यायाधीश उच्च अदालतमा सिफारिस

नेपालखबर
फागुन २९, २०७७ शनिबार ३:४८,

आफ्नै अनुयायीलाई बलात्कार गरेको मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने विवादास्पद फैसला गरेका सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइराला उच्च अदालतमा सिफारिस भएका छन्।

न्यायपरिषद्को शुक्रबार बसेको बैठकले कोइरालालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सिफारिस गरेको हो।

आफूलाई गिरीले आश्रममा बोलाएर बलात्कार गरेको भन्दै एक महिलाले गिरी विरुद्ध सुनसरी जिल्ला अदालतमा जाहेरी दिएकी थिइन्। सो मुद्दामा कोइरालाले पीडित भनिएकी महिलाले नै सिद्धबाबालाई करणीको लागि बाध्य पारेको भन्ने वेहोराको विवादास्पद फैसला गरेका थिए। जसको सर्वत्र आलोचना भएको थियो।

‘सिद्धबाबाले महिलासँग यौन सम्बन्ध राखे पनि त्यो बलात्कार नभई महिलाले नै मोहित भएर आफ्नो शरीर समर्पण गरेको’ भन्दै उनले सिद्धबाबालाई सफाइ दिएका थिए।

कोइराला सरकारी जग्गा व्यक्तिको नाममा पास गर्न सहजीकरण गरेको आरोपमासमेत छानबिनमा तानिएका न्यायाधीश हुन्। उनले नक्कली कागजपत्रका आधारमा अदालतमा मुद्दा दर्ता गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न सघाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको थियो। कोइरालाको समेत गल्ती देखिएपछि आयोगले ०७५ को जेठमा उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

न्यायपरिषद्का सदस्य रहेका सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले भने कोइरालाको सिफारिसमा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .