ad ad

समाज


मकवानपुर दुर्घटना अपडेट : ३ मृतक र १० घाइतेको नामावली

मकवानपुर दुर्घटना अपडेट : ३ मृतक र १० घाइतेको नामावली

नेपालखबर
फागुन २९, २०७७ शनिबार ३:२१,

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुवै गाडीका गरी १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक शनिबार बिहान ३ बजेतिर ठोक्किएका हुन्।

दुर्घटनामा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय मदनकुमार थापा, यात्रु भारत सिस्वाका करिब ४० वर्षीय अभयलाल कुशवाहा र बिहारका ४० वर्षीय सुनिल कुमारको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनका अनुसार बसका चालक थापाको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो भने कुशवाहालाई हेटौंडा अस्पताल तथा सुनिलकुमारलाई पुरानो मेडिकल पुर्‍याउनासाथ चिकित्कसले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा बस र ट्रकका गरी १० यात्रु घाइते भएका छन्। डीएसपी रिमालका अनुसार घाइते यसप्रकार छन् :

ट्रकमा सवार घाइते : चालक धादिङ गुजरी गाउँपालिका-१ का २५ वर्षीय राम रोका,  झापा बिर्तामोड नगरपालिका–४ का २९ सञ्जीव चौधरी र  हेटौंडा उपमहानगरपालिका–३४ की सावित्रा राना मगर

बसमा सवार यात्रु घाइते : भारत बिहारका २८ वर्षीय अभिननदकुमार सिंह, बिहारकै २५ वर्षीय मेजरकुमार कुशवाहा, बिहारकै गोपालगन्जका ३५ वर्षीय दिलीपकुमार कुशावाहा, बिहारकै ४२ वर्षीय राजनकुमार बर्मा, बिहार सिमनका ४७ वर्षीय दीपककुमार साह, भारत यूपीका ४५ वर्षीय यमुनाकुमार चौहान र धादिङ आदमघाट गाउँपालिकाका २८ वर्षीय राहुल मिजार

भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत सबैको अवस्था मध्यम रहेको डीएसपी रिमालले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .