नेपाली सेनाका सहायक रथी पंकज कार्की यौन दुर्व्यवहार गरेको अभियोगमा बर्खास्त भएका छन्।
२८ नम्बर बाहिनी सिरहाका बाहिनीपति कार्कीले आफ्नै संगठनका महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। सैनिक अदालतले उनीविरुद्ध लागेको आरोप प्रमाणित गरेपछि उनलाई बर्खास्त गरिएको हो।
उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको जंगी अड्डाले जनाएको छ।
यस्तै सोही प्रकरणमा एक महिला सैनिक अधिकारी पनि बर्खास्तमा परेकी छन्। सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले उनीहरुलाई आचरणविपरीत कार्य गरेकाले बर्खास्त गरिएको पुष्टि गरे।
यौन दुव्र्यवहारको आरोप लागेपछि कार्कीमाथि छानविन गर्न सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको थियो। अनुसन्धानका क्रममा कार्कीले संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा र फर्किएपछि बाहिनीमा पनि यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो।

प्रतिक्रिया