समाज


अपराह्नपछि काठमाडौंसहित देशका केही स्थानमा वर्षाको सम्भावना

अपराह्नपछि काठमाडौंसहित देशका केही स्थानमा वर्षाको सम्भावना

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ६:१६,

आज (बिहीबार) दिउँसो देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम बदली हुनेछ।

बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखले भनेको छ : अपराह्नपश्चात् पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार पहाडी क्षेत्रअन्तर्गत काठमाडौंमा पनि वर्षाको सम्भावना छ।

‘सम्भावना अलि कम नै देखिएको छ, तर होसियारी त अपनाउँदा राम्रो हुन्छ,’ बिहीबार दिउँसो मौसमविद् मानन्धरले नेपालखबरसँग भनिन्।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ तथा अधिकतम २७.२९ डिग्री सेल्सियस रहेको पनि उनले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad