ad ad

समाज


४० वर्षअघि इलामबाट हराएका दाइ भारतको जेलमा भेटिए !

४० वर्षअघि इलामबाट हराएका दाइ भारतको जेलमा भेटिए !

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ५:१०,

नेपालबाट हराएका एक जना नेपाली ४० वर्षपछि भारतमा फेला परेका छन्।

सन् १९७९ फेब्रुअरीमा व्यापार गर्छु भनेर घरबाट निस्किएका दीपक जोशी तिम्सिना ४० वर्षपछि भारतको जेलमा भेटिएका हुन्।

बीबीसी हिन्दीका अनुसार उनको घर इलामको एकतपा गाउँ हो। गत महिना उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदमस्थित केन्द्रीय कारागार पुगेर दाइ दीपकलाई भेटेका हुन्।

उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘हामीले त ठानेका थियौं कि दाइ मरिसके होलान्। हामीले नेपालका हरेक ठाउँमा खोज्यौं, तर पत्ता लागिरहेको थिएन।’ 

उनका अनुसार त्यतिबेला दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन पनि चलिरहेकाले त्यसैको चपेटामा दाइ पर्‍याे कि भन्ने पनि सोचिएको थियो।

उता उनका दाइ दीपक जोशी तिम्सिना भने झन्डै ४० वर्ष पश्चिम बंगालका विभिन्न जिल्लामा विचाराधीन कैदीका रूपमा जीवन बिताइरहेका छन्। चार दसकसम्म पनि उनीविरुद्धको मुद्दा सुनुवाइ पूरा भएको छैन।

बुधबार कलकत्ता उच्च अदालतका मुख्य न्यायाधीशको डिभिजन बेन्चमा उनीविरुद्धको मुद्दा सुनुवाइ भएको छ। अर्काे सुनवाइ सोमबार मार्च १५ मा उनको हुनेछ।

दीपकसँग सम्बन्धित कागजातबाट उनी सन् १९८१ मा दार्जिलिङमा भएको एक हत्याकाण्डमा संलग्न आरोपमा उनी पक्राउ परेको खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .