ad ad

समाज


दाेहाेर्‍याएर संक्रमण हुँदा कोरोनाको खतरनाक नयाँ प्रकार बन्दोरहेछ : वैज्ञानिक

दाेहाेर्‍याएर संक्रमण हुँदा कोरोनाको खतरनाक नयाँ  प्रकार बन्दोरहेछ : वैज्ञानिक

नेपालखबर
फागुन १७, २०७७ सोमबार ११:५०,

भारतसहित धेरै देशमा कोरोना भाइरसको नयाँ स्ट्रेन (स्वरूप) तीव्र गतिमा फैलिरहेको छ। यसको वास्तविकता बुझ्न विश्वभर वैज्ञानिकले अनुसन्धान गरिरहेका छन्।

यसैबीच हालै भएको एक अध्ययनका आधारमा अनुसन्धानकर्ताले भाइरसको एन४४०के (N440K) भेरिएन्ट एकपटक निको भएका बिरामीलाई पुनः संक्रमण हुँदा बन्ने सम्भावना देखिएको बताएका छन्। यस अनुसन्धानमा भारतको आन्ध्र प्रदेशस्थित कुरनुल मेडिकल कलेजका अनुसन्धानकर्ता पनि सहभागी भएका थिए।

उनीहरूका अनुसार यो भेरिएन्ट इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) बाट बच्न सक्छ र निको भएका बिरामीलाई पुनः संक्रमण गर्न सक्छ।

अनुसन्धानकर्ताले कुरनुलमा कोरोना संक्रमणको घटना अनुसन्धान गरेका थिए। उनीहरूको दाबीअनुसार भारतमा एन४४०के भेरिएन्ट उत्पन्नको कारण दोहोर्याएर संक्रमणको दोस्रो ‘केस’ हो। यो भेरिएन्टलाई कोरोनाको सबैभन्दा खतरनाक प्रकार मानिन्छ। यो अनुसन्धान प्रतिवेदन ओएसएफ प्रिप्रिन्ट्स प्रकाशन भएको छ।

यसअघि हैदराबादस्थित सीसीएमबी र अपोलो अस्पतालका अनुसन्धानकर्ताले कुरनुलमा कोरोना संक्रमणका दुई केस दर्ता गरेका थिए। तर ती एन४४०के भेरिएन्टसँग सम्बन्धित थिएनन्। यद्यपि वैज्ञानिकले भनेका थिए कि अनुसन्धानबाट के पत्ता लाग्यो भन्यो स्पाइक प्रोटिनमा उत्परिवर्तन (म्युटेसन) पुनः संक्रमणका कारण हुन सक्छ।

कुरनुल मेडिकल कलेज, दिल्लीको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलजी र गाजियाबादको एकेडेमी अफ साइन्टिफिक एन्ड इनोभेटिभ रिसर्चका अनुसन्धानकर्ताले अध्ययन क्रममा आन्ध्र प्रदेशमा कोरोनाको एन४४०के को प्रसार ३३ प्रतिशतभन्दा बढी भएको पत्ता लगाएका छन्। 

नीति आयोगका सदस्य भिके पलका अनुसार भारतमा अहिलेसम्म १८० भन्दा बढी मानिसलाई बेलायतमा फेला परेको कोरोनाको नयाँ प्रकारको संक्रमण भएको छ भने ६ जनामा दक्षिण अफ्रिकामा भेटिएको नयाँ स्ट्रेनको संक्रमण भएको छ।

पत्रकार सम्मेलनका क्रममा उनले बताएअनुसार महाराष्ट्र, केरल र तेलंगनामा कोरोनाको एन४४०के र ई४८४के (E484K) भेरिएन्ट्स फेला परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .