नाइजेरियाको जाम्फ्रामा तीन सय छात्रा अपहरण भएको आशंका गरिएको छ।
एक शिक्षकले बीबीसीसँग बताएअनुसार शुक्रबार बिहान बन्दुकधारीले गरेको हमलापछि झन्डै ३ सय छात्राको अवस्था अहिलेसम्म अज्ञात छ।
सरकारका एक प्रवक्ताले हमलाको पुष्टि गरेका छन्। तर यसभन्दा बढी केही जानकारी दिएका छैनन्।
यो अपहरण पछिल्लो केही हप्तायताकै ठूलो भएकाे बीबीसीले जनाएकाे छ।
शुक्रबार स्थानीय समयअनुसार राति करिब १ बजे हमला भएको हो। एक शिक्षकले पञ्च नामक न्युज वेबसाइटसँग जंगबे इलाकास्थित एक स्कुलमा मोटरसाइकल र गाडीमा आएका बन्दुकधारीको एक समूहले हमला गरेको हो।
रिपोर्टअनुसार आक्रमणकारीले सरकारी सुरक्षा अधिकारीले जस्तो पोसाक लगाएका थिए, जसले छात्रालाई जबर्जस्ती आफ्ना गाडीमा राखेर लगे।
3
Shares
प्रतिक्रिया