२३ वर्षका दानुदेच सेङकाउको साथबाट बालबालिकाका ५ लाखभन्दा बढी आपत्तिजन तस्बिरहरु भेटिएको बीबीसीले जनाएको छ।
उनी बाल मोडलिङ कार्यक्रम संचालन गर्दथे। उनको मोडलिङ कम्पनीको नाम नेने मोडलिङ एजेन्सी हो। उनी बालबालिकालाई मोडलिङमा आउन प्रेरित गर्दथे।
यो कम्पनी थाइल्यान्डको चर्चित कम्पनी हो।
प्रहरीले उनको घरमा छापा मारेरै आपत्तिजनक तस्बिरहरु फेला पारेका थिए। उनले सबै तस्बिरहरु हार्डड्राइभमा राखेका थिए।
अस्ट्रेलियाका प्रहरी, अमेरिकाको संघीय अनुसन्धान एजेन्सी तथा न्युजिल्यान्डका प्रहरीको सहयोगमा दानुदेच सेङकाउ पक्राउ परेका हुन्।
उनले उनको कम्पनीमा मोडलिङ सिक्ने सबै बालबालिकाको आपत्तिजनक तस्बिरहरु खिचेर राखेको अनुमान गरिएको छ। यस विषयमा थप अनुसन्धान जारी छ।

प्रतिक्रिया