भारतको मध्यप्रदेशस्थित सिधीमा मंगलबार बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सिधीस्थित रामपुर नैकिन थाना इलाकामा बिहान ५४ यात्रु बोकेको बस नहरमा खसेको हो। जसमध्ये ४७ जनाको मृत्यु भएको हो भने ७ जना बाँच्न सफल भएका छन्। बसका चालकले पनि पौडेर ज्यान जोगाएका छन्।
मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई ५/५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्।
बस २२ फिट गहिरो नहरमा खसेको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया