समानताका लागि भन्दै विशेष मापदण्ड बनाएरै यहाँका कैदीको कपाल काट्न थालिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
महिला तथा पुरुष दुवै कैदीलाई समान व्यवहार गर्नका लागि अदालतले महिलाको पनि कपाल काट्नुपर्ने हालै फैसाला गरेको हो।
यसअघि हङकङमा महिलाले जत्रो कपाल राखेपनि हुन्थ्यो तर पुरुषले कपाल छोटै राख्नुपर्थ्यो।
अबभने त्यहाँ महिलाले लामो कपाल राख्न पाउनेछैनन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार महिला कैदीको कपाल काखीसम्म मात्र लामो हुनेछ।
त्योभन्दा लामो कपाल काटिनेछ। यसै महिनादेखि कपालको मापदण्ड लागू हुनेछ।
महिलाको कपाल काटिने विषयलाई हङकङको न्याय विभागले पुष्टि गरेको छ।
विभाग भन्छ,‘महिलाको कपाल काखीसम्म छोटो हुनेछ। पुरुषको हकमा पहिलेकै नियम लागू रहनेछ।’
हङकङमा कपालको सन्दर्भमा पुरुष कैदीलाई दुईवटा उपाय दिइएको छ। पुरुषले ठिक्कको छोटो र अत्यन्तै छोटो कपाल राख्न पाउनेछन्।

प्रतिक्रिया