समाज


प्रवेश गर्‍याे न्यून चापीय प्रणाली, काठमाडौंसहित धेरै स्थानमा वर्षाको सम्भावना

प्रवेश गर्‍याे न्यून चापीय प्रणाली, काठमाडौंसहित धेरै स्थानमा वर्षाको सम्भावना

नेपालखबर
माघ २३, २०७७ शुक्रबार २:४६,

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको र यसले देशका अधिकांश स्थानमा मौसम बदली, वर्षा तथा हिमपात गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार पश्चिमी न्यून चापीय प्रणाली हिजो (बिहीबार)  प्रवेश गरेको हो।

‘यसले पश्चिमी क्षेत्रमा वर्षा र हिमपात पनि गराइसकेको हुनुपर्छ, त्यसको रेकर्ड ८:४५ तिर मात्र प्राप्त हुन्छ,’ शुक्रबार बिहान मौसमविद् अर्यालले नेपालखबरसँग भने, ‘यो प्रणाली गण्डकी प्रदेशसम्म फैलिसकेको छ र बागमती प्रदेशमा प्रवेश गर्ने क्रममा छ।’

उनका अनुसार आज अपराह्न वा साँझतिर काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यसैगरी देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावनासमेत छ।

माघ २२ गतेदेखि वर्षा र हिमपातको सम्भावना बढ्ने भएकाले सतर्कता अपनाउन भनेर महाशााखाले केही दिनअघि नै विशेष मौसम बुलेटिन जारी गरेको थियो।

याे पनि : ‘बिहीबार पाकिस्तानबाट न्यून चापीय प्रणाली प्रवेश गर्दैछ, शनिबारसम्म सतर्कता अपनाउनुहोला’

महाशाखाका अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान यस्तो छ :

माघ २३ गते शुक्रबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश नम्बर १ का केही स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

माघ २४ गते शनिबार
दिउँसो स् सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ का धरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सामान्य रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थान साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

माघ २५ गते आइतबार
दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सामान्य रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १ र बागमती प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

याे पनि :  बाजुरासहितका जिल्लामा सुरु भयो हिमपात र वर्षा, किसान खुसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad