पर्सा जिल्लाको बिरगंज महानगरपालिका–१६ स्थित भन्सार ईलाकाबाट सशस्त्र प्रहरी टोलीले तीन सय ७८ ग्राम चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही महानगरपालिका २ छप्कैया बस्ने ३४ वर्षीय रोशन सराफ छन्। उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।
ना २८ प ५७५२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित चाँदीको गहना फेला परेपछि पक्राउ गरिएको हो।
एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ। पक्राउ परेका सराफलाई बरामद चाँदीको गहना र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगंजमा बुझाइएको छ।

प्रतिक्रिया