बझाङमा भीरबाट खसालेर एकजनाको हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
छबिसपाथिभेरा गाउँपालिका–७ को भिरेना भीरबाट धकेलेर ३५ वर्षीय रमेश बोहराको हत्या गरेको आरोपमा ३३ वर्षीय लव बोहरालाई प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरेका उनीहरुबीच विवाद हुँदा घटना भएको बझाङ प्रहरीले जनाएको छ।
मृतक रमेशका आफन्तका अनुसार दुई जनाबीच झगडा भएपछि लव बोहराले भीरबाट खोरी खोलामा धकेल्दा रमेशको ज्यान गएको थियो।

प्रतिक्रिया