पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरी धरानका २० वर्षीय गौरव राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान दायाँ मोड्ने क्रममा बा २ ख ५६७४ नं को सनराइज बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट जाँदै गरेको बा ९२ प ५२०४ नं मोटरसाइकललाई ठक्कर दिएको थियो।
गम्भीर घाइते दुबै जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
बिहान ९ः२० बजे घटना भएको र दुबै जनाको अस्पताल ल्याउना साथ ९ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन्। रासस
प्रतिक्रिया