भारतले दिएको कोरोना खोप आज (आइतबार) काठमाडौंबाट देशका सातै प्रदेशमा पुर्याइँदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज कोरोना खोप लिएर गाडी सातै प्रदेशमा जाने जानकारी दिए।
‘आज सातै प्रदेशमा कोरोना खोप पुर्याइनेछ,’ प्रवक्ता डा. गौतमले आइतबार बिहान नेपालखबरसँग भने, ‘यही १८ गतेसम्ममा लगाउन थालिनेछ।’
भारतले नेपाललाई अनुदानस्वरूप १० लाख डोज खोप दिने घोषणा गरेकामा अहिले पहिलो चरणअन्तर्गत ४ लाख ५० हजार डोज खोप उपब्लध गराएको हो। त्यही खोप आवश्यकताअनुसार देशका सबै प्रदेशमा लान लागिएको हो।
विस्तृत विवरण : ढिलोमा १८ गतेदेखि खाेप लगाउने तयारी

प्रतिक्रिया