ad ad

समाज


दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
असोज ९, २०८१ बुधबार १८:१२, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

आइतबार विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा पक्राउ परेका प्रसाईंलाई अदालतले पहिलोपटक ३ दिन हिरासतमा राख्नका लागि अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि बुधबार प्रहरीले थप ७ दिन म्याद माग्दै अदालत लगेको थियो। तर अदालतले ५ दिन म्याद थप गरिदिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की एक केन्द्रीय सदस्यले दिएको जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धानन गरिरहेको छ। आइतबार पक्राउ परेपछि वीर अस्पतालमा बसेका प्रसाईंलाई मंगलबारदेखि जिल्ला सरकारी वकिल कार्यालयमा लगेर बयान थालिएको छ। 

अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ। 

प्रसाईंले विभिन्न सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .