ad ad

समाज


भारतीय खोपमाथि प्रश्नः प्रमुख परीक्षण बिनै प्रयोगका लागि अनुमति दिएको आरोप

भारतीय खोपमाथि प्रश्नः प्रमुख परीक्षण बिनै प्रयोगका लागि अनुमति दिएको आरोप

नेपालखबर
पुस १९, २०७७ आइतबार १३:१७,

भारतको औषधि नियामक संस्था ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले अक्सफोर्डको खोप कोभिडशिल्ड र भारतकै बायोटेक कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो।

तर प्रयोग गर्न अनुमति दिएको दिन नै भारतीय खोप बायोटेक कोभ्याक्सिनमाथि प्रश्न उठाइएको छ।

विपक्षी दल कांग्रेसका नेताहरुले कोभ्याक्सिन खोपको मुख्य तथा तेस्रो चरणको परीक्षण नगरिएको आरोप लगाएका छन्।

खोप प्रतिस्पर्धामा अगाडि देखिन खोज्दा यस्ता कार्यले नागरिकको स्वास्थ्यमा ठूलो असर पार्नसक्ने आशंका व्यक्त गरिएको छ।

कांग्रेसभित्र खोप अनुमति दिएको विषयमा मतभेद देखिएको छ। यस पार्टीका प्रवक्ता रणदीप सिंह सुरजेवालले भारतमै खोप विकास गर्न सकेकोमा वैज्ञानिकहरुलाई बधाई भनेका छन्।

यद्यपी आनन्द शर्मा, जयराम रमेश र शशी थरुरले भने भारतीय खोपमाथि प्रश्न गरेका छन्।

उनीहरुले भारतीय खोपको तेस्रो चरणको परीक्षण नगरिएको र खोप अनुमति दिइँदा अन्तर्राष्ट्रिय कानुनको पालना नगरिएको आरोप लगाएका छन्।

डीसीजीआईका अनुसार बायोटेक कोभ्याक्सिन ७०.४२ प्रतिशत प्रभावकारी छ। तर यसको अध्ययनको बारेमा तथ्य सार्वजनिक नगरिएकाले यस खोपले प्रतिकुल असर पुर्याउनसक्ने उनीहरुको आशंका रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .