समाज


भारतमा सात माओवादी विद्रोही सेनाको आक्रमणमा मारिए

भारतमा सात माओवादी विद्रोही सेनाको आक्रमणमा मारिए

नेपालखबर
साउन १८, २०७६ शनिबार १०:२,

जङ्गलमा रहेको उनीहरुको शिविरमा भएको आक्रमणका क्रममा शनिबार उनीहरु मारिएका प्रहरीले जनाएको छ।

मध्य भारतमा पर्ने छत्तिसगढ राज्यमा चरम बामपन्थी विद्रोहीका कारण केही बर्षदेखि द्वन्द्व सृजना भएको छ।

सन् १९६० को दशकमा सुरु भएको द्वन्द्वका कारण दशौं हजारको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन्।

छत्तिसगढ राज्यको राजधानी रायपुरदेखि झण्डै ७० किलोमिटर टाढा पर्ने राजनान्ड्गोन जिल्लामा रहेको माओवादी शिविरमा घटना भएको हो।

“घटनास्थलबाट सात ओटा शव नियन्त्रणमा लिइएको छ,” नाम उल्लेख नगर्ने सर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिए।

ती व्यक्तिका अनुसार सुरक्षाकर्मीहरुले माओवादी विद्रोहीका हातहतियार तथा अन्य बन्दोबस्तीका सामग्रीहरु पनि बरामद गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .