समाज


आमालाई बलात्कार गर्ने छोरालाई जन्मकैद

आमालाई बलात्कार गर्ने छोरालाई जन्मकैद

नेपालखबर
पुस १४, २०७७ मंगलबार १५:१९,

आमालाई जबर्जस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ।

तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो।

ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

अन्दाजी ४७ वर्षीया महिलालाई छोराले विगत केही वर्षदेखि जबर्जस्ती करणी गर्दै आएका थिए। मादकपदार्थ सेवन गरी जबर्जस्ती करणी गर्दै आएकामा सहन नसकेपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad