हङकङमा चिनियाँ झण्डाको अपमान गरेको भन्दै अभियन्ता टोनीलाई चार महिना जेल सजाय

हङकङमा चिनियाँ झण्डाको अपमान गरेको भन्दै अभियन्ता टोनीलाई चार महिना जेल सजाय

नेपालखबर
पुस १४, २०७७ मंगलबार १५:२५,

गतवर्षको मे महिनमा सरकारविरुद्धको प्रदर्शनका क्रममा चिनियाँ झण्डाको अपमान गरेको भन्दै टोनी चुङलाई नयाँ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत चार महिना जेल सजाय दिइएको बीबीसीले जनाएको छ।

सुरुमा टोनी चुङलाई चार वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको थियो।

अदालतले टोनीले मुख्यक्षेत्र चीनको झण्डालाई फ्याँकेको, झण्डाको पोल भाँचेको विषयमा दोषी ठहर गरेको हो।

गतवर्ष सुपुर्दगी विधेयकको विरुद्धमा ७ महिनाभन्दा बढी सरकाविरुद्ध प्रदर्शन भएको थियो। त्यसबेला चीनबाट हङकङ स्वतन्त्र हुनुपर्छ भन्ने नारा लागेको थियो, चिनियाँ झण्डा लगाइएको थियो।

Pro-Hong Kong demonstrations in U.S. met with China-supporting  counterprotesters

टोनीमाथि चिनियाँ झण्डाको अपमान गरेको साथै अवैध रुपमा भेला गरेर प्रदर्शनमा उत्रिएको आरोप लागेको थियो।

तर यसैवर्ष मुख्यक्षेत्र चीनले नयाँ कानुन ल्याएपछि चीनविरुद्धको गतिविधिमा संलग्न भएकाहरु त्रसित बनेका छन्। चिनियाँ राष्ट्रियताविरुद्ध कुनैपनि गतिविधि भए नयाँ कानुनले उक्त कार्यलाई अपराध ठहर्याउनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .