समाज


गुल्मीका पहिरो प्रभावित गाउँको भौगर्भिक अध्ययन हुने

गुल्मीका पहिरो प्रभावित गाउँको भौगर्भिक अध्ययन हुने

नेपालखबर
साउन १६, २०७६ बिहिबार १२:७,

गुल्मीमा १३ जनाको मृत्यु हुने गरी पहिरो गएका गाउँहरुको भौगर्भिक अध्ययन हुने भएको छ।

साउन ६ राति अबिरल वर्षापछि गएको पहिरोले ठूलो जनधनको क्षति गरेका ठूलो लुम्पेक र लिम्घाको खानी तथा भूगर्भ विभागले भौगर्भिक अध्ययन गर्न लागेको हो।

‘पहिरोले ठूलो क्षति गरेको त्यस क्षेत्रमा भौगोलिक सर्वेक्षणपछि नै कसरी पुनर्निर्माण हुने भन्ने विषयमा सरकारले आवश्यक निर्णय लिने छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालखबरसँग भने, ‘त्यसका लागि भूगर्भविदहरु शुक्रबार त्यसतर्फ जानु हुनेछ। त्यस क्षेत्रमा बस्ती राख्न नमिल्ने भए सरकारले अन्यत्र एकीकृति बस्ती निर्माण गरेर विस्थापितहरुलाई राख्छ।’

खानी तथा भूगर्भ विभागबाट भूगर्भविद्हरु राजेन्द्र आचार्य र सुलभ कायस्थको टोली अध्ययनका लागि त्यस क्षेत्रमा जाने लागेका हुन्।

mantri gyawali

ज्ञवाली सो क्षेत्रबाट निर्वाचिन सांसद हुन्। लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा ५ जनाको पहिरोमा पुरिएर मृत्यु भएको थियो। अबिरल वर्षापछि साउन ६ गते राति दुवै स्थानमा पहिरो गएको थियो।

लिम्घामा खोस्ला नजिकै रहेका घर पहिरोमा पुरिएका थिए भने ठूलो लुम्पेकमा बस्तीको बीचबाट पहिरो खसेको छ।

गाउँबीचबाट पहिरो गएपछि स्थानीय बासिन्दा अझै घर फर्किन सकेका छैन । विस्थापित भएको करिब ५ सय मानिस विस्थापित भएको छ । उनी अहिले अस्थायी शिविर तथा विद्यालयमा शरण लिइरहेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवाली राहत सामग्रीसहित पहिरो प्रभावित क्षेत्र पुगेका थिए । पहिरोमा परि घाइते भएकी दुई बालिकाको हेलिकप्टरबाट काठमाडौं ल्याएर उपचार गरिएको छ । काठमाडौंमा टिचिङ अस्पतालमा उनीहरुको उपचार पछि गुल्मी फर्किसकेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .