ad ad

समाज


मकवानपुरका मिर्गौला पीडितलाई अमेरिका बस्ने नेपालीले गरे २ लाख सहयोग

मकवानपुरका मिर्गौला पीडितलाई अमेरिका बस्ने नेपालीले गरे २ लाख सहयोग

नेपालखबर
पुस २, २०७७ बिहिबार ७:५१,

मकवानपुरका एक मिर्गौला पीडितलाई अमेरिका बस्ने नेपालीहरुले आर्थक सहयोग गरेका छन्।

दुईवटै मिर्गौला फेलभई लामो समयदेखि उपचाररत मकवानपुरको बकैया गाँउपालिका–४, छतिवनका रामकृष्ण बजगाँईको उपचारका लागि अमेरिकामा बस्ने नेपालीहरुले आर्थक सहयोग गरेका हुन्।

हाल अमेरिका रहेका मकवानपुरकै विनुप गौतमको अगुवाइमा उनका काका बासुदेव खनाल, भाइ बिमल लगायतको सक्रियतामा अमेरिकामा फन्ड रेजिङमार्फत संकलित १६७९.६८ अमेरिकी डलर (१ लाख ९६ हजार ११३ रुपैयाँ) सहयोग आएको र आफूले त्यसमा केही थप गरी दुई लाख पु¥याएर पीडितलाई हस्तान्तरण गरेको अनेरास्ववियूका नेता विजय गौतमले जानकारी दिए।

‘बजगाँईका दुवै मिर्गौला फेल भएका उपचारका क्रममा विदेशमा कमाएको सबै रकम सकिएको र आर्थिक अवस्था पनि कमजोर भएका कारण उनको मिर्गौला प्रत्यारोपण गराउन सहयोग गरिदिनु नेता गौतमले अपिल समेत गरेका छन्।

‘१०/१२ वर्ष विदेशमा कमाएको सबै रकम उपचारमा सकिएको र थप उपचार र मिर्गौला प्रत्यारोपणका लागि थप रकम आवश्यक भएका कारण आफूँसक्दो सहयोग गरिदिनुहुन सबैमा आग्रह गर्दछु’, गौतमले भने।

उनलाई सहयोग गर्न चाहनेले आईएमई ग्लोबल बैंकको खाता नम्बर U ५०७०१००००६५४ मा सहयोग रकम जम्मा गर्न सकिने गौतमले बताए। साथै सहयोगका लागि ९८६४३३९३०१, ९८६०२१८३३६, ९८४९१४९१८५ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .