ad ad

समाज


प्रशस्त मात्रामा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश, तराईमा २ दिन घाम नलाग्ने सम्भावना

प्रशस्त मात्रामा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश, तराईमा २ दिन घाम नलाग्ने सम्भावना

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १:२६,

अहिले देशमा पश्चिमी वायुको प्रभावका साथै दक्षिणपूर्वी अरेबियन सागरबाट प्रशस्त मात्रामा जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको माैसमविद्ले बताएका छन्।

जसको प्रभावले तराईमा अहिले कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।

‘जलवाष्पयुक्त वायुका कारण खासगरी तराई क्षेत्रमा कुहिरो लागेको छ,’ शुक्रबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘यसले २ दिनजति तराई क्षेत्रमा घाम लाग्ने सम्भावना देखिन्न।’

महाशाखाले शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ-  देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै  तराईका अधिकांश  भूभागमा  बिहानीपख  वायुको  पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु  हुन अनुरोध छ।

महाशाखाले जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर२६गते(शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना छ।

मंसिर२७गते(शनिबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का/वर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ।

राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

मंसिर२८गते(आइतबार)

दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राती:  प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।  प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .