समाज


इन्डोनेसियामा ट्रान्सजेन्डर महिलालाई पुरुष जेलमा हालिएपछि...

इन्डोनेसियामा ट्रान्सजेन्डर महिलालाई पुरुष जेलमा हालिएपछि...

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ७:५३,

२१ वर्षकी इन्स्टास्टार मिलिन साइरसलाई गत आइतबार तानजङ प्रियक पोर्टमा उनका पुरुष साथीसहित लागूपदार्थ दुव्र्यसनीको आरोपमा पक्राउ गरिएको थियो।

त्यस लगत्तै मिलिन साइरसलाई पुरष जेलमा हालिएको थियो। अधिकारवादी संस्थाहरुका अनुसार एक ट्रान्सजेन्डर महिलालाई पुरुष जेलमा हालिनु एलजीबीटी समूहमाथिको प्रहार हो।

Millen Cyrus, a trans woman Instagram influencer with a million followers, was held in a male detention cell. Photo: Instagram

हाल प्रहरीको चर्को आलोचना भइरहँदा तानजुङ प्रियोक पोर्टका प्रहरी प्रमुख अरिया सोन्ता भन्छन्,‘मिलिन साइरसको नागरिकतामा पुरुष लेखिएको थियो त्यसकारण हामीले उनलाई पुरुष जेलमा हालेका हौं।’

प्रहरीले मिलिनलाई हालिएको जेलमा एक पुरुष कैदी मात्र भएकाले उनी त्यहीँ सुरक्षित हुने बताएका छन्। यद्यपी यस मिलिनले आफूलाई अर्कै स्थानमा सार्न आग्रह गरेकी छिन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad