ad ad

समाज


निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले खाद्यान्न वितरण थाल्यो

 निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले खाद्यान्न वितरण थाल्यो

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ८:३७,

खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले निःशुल्क खाद्यान्न वितरणको अभियान पनि थालनी गर्न लागेको छ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेपछि अहिले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल छेउमा खाना खुवाइरहेको हाम्रो टिमले खाद्यन्न सहयोग पनि थालेको हो।

महानगरपालिकाले उपलब्ध गराएको स्थानमा आउन नसक्ने र घरमा पकाएर खाने अवस्था भएकाहरुको हकमा निःशुल्क खाद्यान्न वितरण गर्न थालिएको हो। हाम्रो टिम नेपालका संस्थापक सहसचिव लक्ष्मणसिह धामीले महानगरले भने अनुसारको ठाउँबाट नै निःशुल्क खाना खुवाउने अभियान जारी रहेको बताए।

उनले हिजो मात्रै त्यहाँ आउन नसक्ने र घरमा आफैँ पकाएर खान सक्ने अवस्था भएका १५ जनालाई ग्यासको रेगुलेटरसहित चामल, दाल, नुन तेल लगायतका सामग्री दिइएको बताए। काम गर्न सक्नेहरुलाई रोजगारी दिलाउने विषयमा महानगरपालिकासँग छलफल भइरहेको पनि उनले बताए।

महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो। तर मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टिम नेपालले मंगलबार खाना खुवाएको थियो। थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टी रहेको खुला ठाउँ उपलब्ध गराएपछि हिजोबाट सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हो।

नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता छ। काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन विहान ९ बजे थापाथली स्थित व्यवस्था गरिएको गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .