ad ad

समाज


मुक्तिनाथको दर्शन गरेर फर्केका भारतीय पर्यटकको बाटैमा मृत्यु

मुक्तिनाथको दर्शन गरेर फर्केका भारतीय पर्यटकको बाटैमा मृत्यु

नेपालखबर
साउन १३, २०७६ सोमबार १०:३७,

पोखरा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने क्रममा सोमबार एक भारतीय पर्यटकको मृत्यु भएको छ।

मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किएका भारत हैदराबाद घर भएका ६२ वर्षीय प्रशन्न कुमारमा आइतबार मुस्ताङ सदरमुकाम जोमसोम आउँदा मुटुसम्बन्धी समस्या देखिएको थियो।

मुटुमा समस्या देखिएपछि उनलाई उपचारको लागि जोमसोमस्थित जिल्ला अस्पतालमा लगिएको थियो। सोमबार उपचारपछि फर्कनलाग्दा उनी अचानक अस्पतालमै ढलेर बेहोस भएको र सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

होचो भूभागमा बस्ने पर्यटकहरु मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या हुन्छ। लेक लागेर उच्च हिमाली भागमा वर्षेनी पर्यटकहरुको मृत्यु हुने गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .