ad ad

समाज


कोटेश्वर–जडीबुटी सडक विस्तार गर्न आगामी महिना ठेक्का

कोटेश्वर–जडीबुटी सडक विस्तार गर्न आगामी महिना ठेक्का

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार १०:८,

कोटेश्वर–जडीबुटी सडक विस्तारका लागि संरचना हटाउन सुरु गरिएसँगै आगामी महिना सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु हुने भएको छ।

सडक निर्माण गर्ने स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्खाल सारेसँगै त्यहाँ निर्माणस्थल सम्याउने काम भइरहेको छ। केही समयभित्रै निर्माणस्थल खाली भइसक्ने भएकाले आगामी महिनामा ठेक्का प्रक्रियामा जाने तयारी गरिएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ।

निर्माण शुरु भएको छ महिनामा सम्पन्न हुने पनि डिभिजनले जनाएको छ। डिभिजन प्रमुख कुबेर नेपालीका अनुसार सो स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गरिरहेको छ। कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको सार्वजनिक शौचालय काठमाडौँ महानगरपालिकाले अबको १५ दिन भित्रमा हटाइसक्ने बताएको छ । उनले भने, ‘बाँकी काम सकिएपछि अबको एक महिनामा ठेक्का प्रक्रियामा जान सकिन्छ।’

सो खण्डमा उत्तर र दक्षिण दुवैतर्फको सडक विस्तार गर्न लागिएको भए पनि पहिले दक्षिणतर्फबाट गर्न लागिएको डिभिजनले जनाएको छ। उत्तरतर्फ पर्ने एउटा घरको मुआब्जाको विषय टुंगिन बाँकी रहेको प्रमुख नेपालीले जानकारी दिए। उनले भने, ‘एक महिनाभित्रमा त्यो विषय पनि टुंगिने हाम्रो विश्वास छ।’

काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको तयारी भइरहेको छ। हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ। यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुने अपेक्षा गरिएको छ।

कोश्वरबाट जडीबुटितर्फ लाग्दा देब्रे (उत्तर)तर्फ एक लेन र दाहिने (दक्षिण)तर्फ दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ।

विमानस्थलको सुरक्षालाई ध्यान दिएर बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो। विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .