देशभर दिनप्रतिदिन तापक्रम बढ्दै गएको मौमसविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आज (बिहीबार) बिहान ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम ११.४ डिग्री सेल्सियस देखिएको छ।
‘हिजो र आज उस्तै तापक्रम देखिएको छ,’ मौसमविद् अर्यालले बिहीबार बिहान नेपालखबरसँग भने, ‘अस्तिसम्म चाहिँ उपत्यकाको तापक्रम १५.४ डिग्री देखिएको थियो।’
मौसमविद्का अनुसार सबैभन्दा बढी चिसो जुम्लमामा छ।
एक दुई दिनअघि त्यहाँको न्यूनतम तापक्रम माइनसमा झरेको थियो। तर बुधबार फेरि १ मा उक्लिएको महाशाखाको तथ्यांकले देखाएको छ।
‘जे होस्, अहिले देशभर तापक्रम घट्दो क्रममा छ, चिसो बढ्दो छ,’ मौसमविद् अर्यालले भने।
उनका अनुसार आगामी शनिबारसम्म पहाडी भेगमा आंशिक बदलीबाहेक देशभर सामान्यता मौसम सफा रहनेछ। देशभर कतै पनि वर्षाको सम्भावना देखिएको छैन।
कहाँकाे तापक्रम कति ? (महाशाखाद्वारा जारी बुधबारको रेकर्ड)
स्थान अधिकतम तापक्रम न्यूनतम तापक्रम
दिपायल ३०.५ १०.५
डडेल्धुरा २१.८ ९.५
धनगढी ३२.० १५.०
वीरेन्द्रनगर २९.३ १०.१
नेपालगन्ज ३२.५ १३.५
जुम्ला २२.० १.०
घाेराही २९.२ १२.७
पाेखरा २८.५ १४.२
भैरहवा ३४.४ १५.५
सिमरा ३३.० १९.२
काठमाडाैँ २६.० ११.४
ओखलढुंगा २३.३ १३.०
ताप्लेजुङ २४.० १०.९
धनकुटा २७.२ १५.०
विराटनगर ३३.० २१.०
जाेमसाेम २२.० ५.५
धरान ३१.५ १९.५
लुम्ले २०.५ १.०
जनकपुर ३३.५ १९.०
जिरी २१.५ ५.३
प्रतिक्रिया