ad ad

समाज


दसैं अवधिमा कस्तो रहला मौसम? यस्तो छ ३ दिनसम्मको अनुमान

दसैं अवधिमा कस्तो रहला मौसम? यस्तो छ ३ दिनसम्मको अनुमान

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार २:८,

हाल देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ भने देशका बाँकी स्थानमा सामान्यतया सफा छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेकाे शुक्रबार (फूलपाती) सम्मको मौसम पूर्वानुमान यस्ताे छ- 

कार्तिक ०५  गते  (बुधबार)

दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र वागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशकाे पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

कार्तिक ०  गते  (बिहीबार)

दिउँसो : प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा वागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशकाे पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

राती प्रदेश न १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २, वागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ०  गते  (शुक्रबार)

दिउँसो : देशभर पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

राती प्रदेश न १ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर २ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर १ का  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

मौसमविद्का अनुसार आंशिक भनेको आकाशमा थोरै बादल लागेको र धेरै घाम देखिएको अवस्था हो भने सामान्य बदली भनेको धेरैजसो बादल र थोरैजसो घाम लागेको अवस्था हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .