तीव्र गतिमा कुदिरहेको मालवाहक गाडी लरीको चक्का खुस्किएपछि त्यसले दुर्घटना निम्ताएको छ।
अमेरिकी राज्य न्यु जर्सीमा यसैहप्ता एक राजमार्गमा कुदिरहेको लरीको चक्का खुस्किएको हो।
चक्का लरीबाट खुस्किएपछि उक्त चक्का तीव्र गतिमा कुदेको थियो। त्यसको भिडियोसमेत सार्वजनिक भएको छ।
उक्त चक्का एकछिन सिधा बाटोमै कुदिरहेको हुन्छ। तर जब चक्का विपरित दिशातर्फबाट कुदिरहेको सवारीतर्फ अगाडि बढ्छ त्यो एक कारसँग ठोक्किन्छ।
उक्त कारको सवारी चालिका सामानय घाइते भएको जनाइएको छ। कारमा भने ठूलो क्षति पुगेको जनाइएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। एजेन्सी
(भिडियाे)
प्रतिक्रिया