ad ad

समाज


हेटौँडामा ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

हेटौँडामा ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

नेपालखबर
असोज २३, २०७७ शुक्रबार २३:५६,

मदन भण्डारी राजमार्ग (धरान-चतरा) अन्तर्गत हेटौँडा -१८ मा ट्रयाक्टरको ठक्करबाट शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ।

हटियाबाट हर्नामाडीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको ३९२६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री हेटौँडा - १७ की २९ वर्षीया शर्मिला विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनापछि ट्रयाकर प्रहरी नियन्त्रणमा रहेको भए पनि चालक भने फरार रहेको जनाइएको छ।

त्यसैगरी हेटौंँडा –६ स्थित रोहिणी हाउजिङ एण्ड स्वस्तिक कोलोनीमा सोलार प्यानल जडान गर्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

करेन्टले गम्भीर घाइते भएका नवलपरासी, कावासोतीका ३० वर्षीय ऋषिराम पोखरेलको उपचारको क्रममा मृत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो।

त्यहाँका चिकित्सकले उनलाई मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .