नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन्।
प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थापा आजदेखि सेल्फ क्वारेन्टिनमा बसेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै थापाले आफूलाई सेल्फ क्वारेन्टिन गरेका जंगी अड्डाले जनाएकाे छ।
प्रतिक्रिया