ad ad

समाज


पाँच दिनदेखि बेपत्ता अहेव मृत फेला

पाँच दिनदेखि बेपत्ता अहेव मृत फेला

नेपालखबर
असोज ५, २०७७ सोमबार ६:३०,

पाँच दिनदेखि बेपत्ता रहेका एक सिनियर अहेव मृत फेला परेका छन्।

रुपन्देहीको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेब विष्णुप्रसाद नेपालको सोमबार बिहान तिलोत्तमा नगरपालिका–१५, बिहुलीस्थित कुलो छेउमा शव फेला परेको हो। उनी गत बिहीबारदेखि बेपत्ता थिए।

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीका अनुसार कुलो छेउमा भेट्टिएको शव नेपालकै भएको पुष्टि भइसकेको छ।

शुद्धोधन गाउँपालिका–४ बासिन्दा ४४ वर्षीय नेपालले एक मेडिकल समेत चलाउँदै आएका थिए।

बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट बिहीबार राति १२ः१५ बजे लु२०प ४०६७ नम्बरको मोटरसाइकलमा निस्किएका उनी घर नपुगेपछि आफन्तले खोजविन गर्न प्रहरीलाई आग्रह गरेका थिए।

उनको खोजतलासी गर्ने क्रममा प्रहरीले मोटरसाइकल बुटवल–६ स्थित नहरको छेउमा फेला पारेको थियो।

त्यसपछि उनी नहरमा खसेको हुनसक्ने आशंका गरिएको थियो। नहरमा पानीको बहाब उच्च भएकाले नहरले बगाउँदा उनको मृत्यु भएको आशंका गरिएको छ।

उनका एक छोरा र श्रीमती छन्।

हिजो आइतबार उनका दाजु छवि नेपालको काठमाडौंमा निधन भएको थियो।

दाजुको निधन भएको भोलिपल्टै भाइको शव फेला परेपछि उनको परिवार र गाउँ नै शोकमा परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .