नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ।
पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै शनिबार अपरान्हसम्म मत्यु हुनेको संख्या ४०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
निधन हुनेमा ललितपुरका २, काठमाडौँ, मोरङ, रौतहट, सर्लाही र मकवानपुरमा १/१ जना गरी ७ महिला रहेका छन्। त्यस्तै ललितपुर, काठमाडौँ, रुपन्देही र बाँकेका १/१ जना पुरुषको संक्रमणबाट मृत्यु भएको हो।
यो कूल संक्रमित मध्येको ०.६४ प्रतिशत हो।

प्रतिक्रिया