समाज


कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

नेपालखबर
असोज २, २०७७ शुक्रबार १०:५३,

नेपालमा कोरोना संक्रमणबाट पछिल्ले २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी देशभरमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन्।

मृत्यु हुनेमा मोरोङका २ पुरुष, काठमाडौँका एक महिला र एक पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरकी एक महिला र नवलपरासीका एक पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ।

यो कुल संक्रमितमध्येको ०.६३ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad