बर्दियाको गुलरिया नगरपालिका-५ का २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन्।
शनिबार नुहाउन गएको बेला उनी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ।
खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिए।
शनिबार दिउँसो १२ बजे उनी नुहाउन गएका थिए। साँझ ६ बजेसम्म घर नफर्केपछि प्रहरीले खोजीकार्य तीव्र पारेको छ।
प्रतिक्रिया