समाज


विनोद चौधरी भन्छन्ः कोरोनासँग नडराऔं, केही होइन भन्ने भ्रम पनि नपालौं (भिडियो)

विनोद चौधरी भन्छन्ः कोरोनासँग नडराऔं, केही होइन भन्ने भ्रम पनि नपालौं (भिडियो)

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १३:३८,

उद्योगी एवं सांसद विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नो पीसीआर परीक्षण नेगेटिभ आएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई एक सन्देश दिँदै उनले कोरोना केही होइन भन्ने भ्रममा नबस्न आग्रह गरेका छन्।

उनले कोरोना केही होइन भन्ने भ्रममा नपर्न र यससँग नडराउन पनि आग्रह गरेका छन्। मनोबल उच्च राख्नुपर्ने उनको धारणा छ।

उनले आफूलाई कसरी कोरोना संक्रमण भयो भन्ने थाहै नपाएको उल्लेख गर्दै सुरुमा केही डराएपनि उच्च मनोबलका साथ आफूलाई ‘आइसोलेटेड’ गरेका बताए।

कोरोना सामान्य रुघाखोकीबाट सुरु हुने भएकाले रुघा लाग्नासाथ सजग बन्न पनि उनले सुझाव दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad