जबर्जस्ती करणी उद्योगको कसुरमा गौशाला प्रहरी वृत्तका जवान पक्राउ परेका छन्।
वनकालीस्थित छाप्रोमा बस्दै आएकी २१ वर्षीया युवतीमाथि आइतबार साँझ करणीको प्रयास गरेको भन्दै सोमबार प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरेको वृत्तका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए।
करणी प्रयास गरिरहेको अवस्थामा उनका श्रीमानले आफ्नै निवासमा फेला पारेको बताइएको छ। दार्चुला घर भएका जवानलाई ६ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले बताए।
ती महिला श्रीमानसँगै त्यहाँ बस्दै आएकी थिइन्।
3
Shares
प्रतिक्रिया